अमेरिकामा जन्मियो २ मुखे बिरालो

न्यूयोर्कः  तपाईले दुई मुखे सर्पका बारेमा त सुन्नु भएको होला । तर प्रकृतिको लीला अपरम्पार छ, न्यूयोर्कमा हालैमात्र एउटा दुई मुखे बिरालोका जन्म भएको छ ।

न्यूयोर्कमा एउटा परिवारमा पालिएको बिरालोले दुईवटा नाक मुख भएको बिरालो जन्माएको युपिआई समाचार एजेन्सीले उल्लेख गरेको छ ।

याे पनि पढ्नुस  न्यूयोर्कमा लगातार कम हुँदै मृत्युदर

न्यूयोर्कका इष्ट अल्बानीमा बस्ने क्याला किङ्गका अनुसार, उनको घरमा फार्ममा रहेको एक वर्षीय बिरालोले गत बुधबार ६ वटा बच्चा जन्माएकी थिइन । हेर्दाखेरि एउटा बच्चाको एउटै टाउकोमा दुई मुख र नाक देखिएको हो ।

पशु चिकित्सकहरु भने यो असामान्य अवस्थालाई डिप«ोसोपस खराबी भएको बताउँछन् ।

याे पनि पढ्नुस  अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या १ हजार नाघ्यो

कतिपयले भने यसलाई दुई नाक, मुख भएको रोमन देवतासँग समेत तुलना गरेका छन् ।
यसरी जन्मिने पशुहरु केही दिन मात्रै बाँच्ने बताइन्छ । तर, यसअघि म्यासाचुसेट्सा जन्मेका यस्तै बिरालो भने १५ वर्षसम्म बाँचेका थिए । उनीहरुको नाम गिनिज बुकमा समेत दर्ता भएको छ ।

कमेन्ट गर्नुहोस्