मुम्बईः भारतको महाराष्ट्रमा ट्रेड युनियनका सुपरिचित नेता समेत रहेका पुरुषोत्तम नारायण समन्तले आत्महत्या गरेका छन् ।
९१ वर्षीय समन्तले बोरिवलीमा रहेको आफ्नै निवासमा आत्महत्या गरेका हुन ।
‘दादा’ भनेर परिचित पुरुषोत्तम नारायण प्रसिद्ध मजदूर नेता दत्ता सामन्तका दाजु र महाराष्ट्र सरकारका मन्त्री जितेन्द्र अव्हाडका ससुरा थिए ।
मन्त्री जितेन्द्र अव्हाडलाई मात्र कोरोना संक्रमण भएको र उपचारपछि उनी निको भएका थिए । उनलाई कोरोना हराउने मन्त्री भनेर चिनिन्छ ।
जनसत्तामा प्रकाशित समाचार अनुसार, पुरुषोत्तम समन्तको मृत शरीर फाँसीमा झुण्डिएको अवस्थामा घरका नौकरले देखेका थिए ।
उनको कोठाबाट सुसाइड नोट समेत फेला परेको छ । उक्त नोटमा लामो समयदेखि चलिरहेको बिरामीका कारण आत्महत्या गर्न गइरहेको उल्लेख छ । प्रहरीले एक्सिडेन्टल डेथ भनेर मुद्दा दर्ता गरेको छ ।