ग्राण्डी अस्पतालका १ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौंः काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा त्यहाँको १ कर्मचारीमा कोरोना स‌ंक्रमण पुष्टि भएको हो ।

संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पतालले जनाएको छ ।

कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ सिल गर्ने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्