अनेरास्ववियूका संयोजक महरले बाबुरामलाई श्रद्धाञ्जली दिएपछि…

काठमाडौंः सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईलाई आपत्तिजनक भाषा प्रयोग गर्दै गाली गरेका छन् ।

पटकपटक सामाजिक सञ्जाल र अन्य औपचारिक कार्यक्रममा समेत विपक्षीप्रति तल्लोस्तरको भाषाशैलीका साथ आलोचनामा उत्रिने उनले डा. भट्टराईलाई श्रद्धाञ्जलि दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भट्टराईको आलोचना गर्दै श्रद्धाञ्जली दिएका हुन् । ‘धेरै पढे विद्धान हुन्छ, विद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदैछ । यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली!’ उनले फेसबुकमा लेखेका छन् ।

याे पनि पढ्नुस  ओलीविरुद्व बाबुरामको बिहानै कडा ट्वीट, भने, ‘इतिहासबाट छिटो बिदा गरौं’

बाबुरामलाई यसरी आपत्तिजनक टिप्पणी गरेपछि धेरैले महरको आलोचना गर्दै प्रतिक्रिया दिएका छन् । अत्यधिक आलोचना भएपछि उनले आफ्नो फेसबुकमा अभिव्यक्ति सच्याएका त छन् तर उनको बौद्धिकता र चेतना स्तरमाथि भने टिप्पणी गर्ने क्रम रोकिएको छैन ।

भट्टराईले शनिबार बिहान कोरोनाविरुद्धको लडाइमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आशयसहित टिप्पणी गरेका थिए । उनले नेकपाभित्र ओली समूहमा विवेकहीन मान्छे भएको भन्दै लाखौ श्रमिकले दुःख पाएर स्वदेश फर्किँदा कोरोनाको परीक्षण समेत हुन नसकेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्