भारतको बल मिच्याइ र मिडियाहरूको नेपालमाथिको रोइलो

संसार अहिले कोरोना कहरबाट आक्रान्त भइरहेको अवस्थामा हाम्रो छिमेकी देश भारत जो आफूलाई नेपालको सबैभन्दा हितैसी मित्र ठान्छ । ‘बढे भाइ’ ठानी टोपल्ने भारतले नेपाललामाथि पीडामाथि पीडाको एपिसोडलाई निरन्तरता दिन अर्को कदम चालेको छ ।

कालापानी, लिपुलेक लिम्पायाधुरा सहितको हाम्रो आफ्नो भूभागमा एकतर्फीरुपमा सडक बनाएर सोको उद्घघाटन नै गरिसकेको छ । सर्बे अफ इन्डियाले नेपाली भूभाग समेतलाई भारततर्फ पर्ने गरि नोभेम्बर २०१९ यता २ वटा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्को विरोध भइइरहेको छ ।

यो सडक मार्गले नेपाली भूमिलाई हस्तक्षेप गरेको सिमाविदहरू बताउँछन् । सन् २०१५ मा चीनमा सी जिनपिङ र नरेन्द्र मोदीले यो मार्ग निर्माणको कुरा गर्दा हामीलाई सोधनीसम्म नगर्नु उनीहरूको उपर्युल्लिखित मानवीय कमजोरीको पराकाष्टा होइन र?

सहँदासहँदा अचाक्ली नै भएर अहिले हाम्रो देशले पनि पहिला आफ्नो भएको र तत्पश्चातका राजामहाराजाहरूको व्यवस्ताका कारण अर्कैले हडपेको भूमिसहित सामेल गराएर नयाँ राजनीतिक नक्सा जारी गरेपछिको गर्मागरम अवस्था देखिँदै आएको छ ।

यस विषयमा नेपाली टेलिभिजन सो ‘सिधाकुरा जनतासँग’का सञ्चालक रवि लामिछानेसँगको एक प्रत्यक्ष डेबेट कार्यक्रममा भारतीय थिङ्क ट्याङ्क, दक्षिण एसियाका विज्ञ तथा नेपाल मामलाका विशेष जानकार एसडी मुनी, पूर्व जनरल अशोक मेहताले पनि सधैं जस्तै आफ्नो पट्टिको गल्ती छोप्न नेपालले प्रकाशन गरेको नयाँ नक्सालाई चिनियाँ कार्डको बिल्ला भिराएको संकेत गरे । जबकी चीन भारतसँग व्यापार घाटा सहेर नेपाललाई बोक्न चाहन्न भन्ने कुरा मुनीर मेहतालाई पनि अवगत नै छ ।

भारतीय जीन्यूज ले त झन् नेपाल र भारतबीचको पावर सेपेरशन गरेर हाम्रो अगाडि नेपालसँग केही छैन । हामीसँग विश्व कै चौथो ठूलो सेना छ तर नेपालसँग मुट्ठीभरका सेनाको टुकटी छ, हामीसँग यत्ती धेरै सम्पती छ, तर नेपाल यत्ती गरिब छ भनेर तुलना गर्नै भ्याइसक्यो । तर, सबैले बुझ्नु पर्ने कुरा के हो भने राष्ट्रिय अस्तित्व सबैको बाराबर हुन्छ

टेलिभिजनकै त्यस्तै अर्को टिभी कार्यक्रममा भारतीय सेनाका पूर्व जर्नेल जी डी बक्सीले घाँटीको नशा फुलाउँदै आई वी पी न्यूज च्यानलसँग कुरा गर्दै मुनीले जस्तै नेपाललाई चीनले उक्साइरहेको बताए । भारतीय राजनैतिक दल कांग्रेस आईको गोप्य सहयोग अनि चीनले ‘हामी छौ तिमीहरू अगाडि बढ’ भनेर नेपाल सरकारलाई मोहोरा बनाएर उकासी रहेकोले नेपालले अहिले यो कदम चालेको उनको डाइलग सुन्दा पंक्तिकारलाई यो स्तम्भ लेख्न बाध्य गरायो ।

त्यसअघि नेपाललाई कुनै पनि जानकारी नदिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले लिपुलेकलाई व्यापारिक मार्गकोरूपमा विकास गर्ने भनि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । यो सडक मार्गले नेपाली भूमिलाई हस्तक्षेप गरेको सिमाविदहरू बताउँछन् । सन् २०१५ मा चीनमा सी जिनपिङ र नरेन्द्र मोदीले यो मार्ग निर्माणको कुरा गर्दा हामीलाई सोधनीसम्म नगर्नु उनीहरूको उपर्युल्लिखित मानवीय कमजोरीको पराकाष्टा होइन र?

अहिले सिमा विवाद उत्कर्षमा पुगेको छ । यी हेपाह प्रवृत्ति सीमा समस्या तथा स्थानीय समुदायले भोग्नु परेको घटनाले पूरै देशलाई दुखेको छ । लकडाउनको मौका छोपी भारतले नेपालको भूमि अतिक्रमण बढाएपछि देश तथा विदेशमा रहेका नेपाली निकै आक्रोशित भएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत धर्चुला/लिपुलेक लिंक रोड उद्घाटन गरेपछि नेपालमा सर्वत्र विरोध भएको छ ।

भारतीय मिडियाको रवैयाको आलोचनामा उत्रिरहँदा केही दर्शक/पाठक नेपाली मिडियाले युद्ध छेडोस् भन्ने चाहना पोख्दै छन्। मिडियाको काम युद्ध छेड्ने होइन, युद्ध रोक्ने हो। शान्तिपूर्णरूपमा, सचेतना बढाउँदै, संवादको वातावरणलाई प्रोत्साहन गर्नै पर्दछ ।

भारतले ‘सन् १८१६ को सुगौली सन्धिले लिम्पियाधुराबाट बग्ने नदीलाई महाकाली नदी भने पनि महाकाली सन्धि ताका लिपुलेकको मुहानबाट बगेकैलाई सीमा नदी मानेकोले डाँडैडाँडाको सिमानाङ्कन गरी छुट्याइएको कालापानी भूभाग तिमीहरू कै हो, मानसरोवर जाने/आउने र चीनसँग बन्द व्यापार गर्ने मार्ग निर्माणमा सम्भाव्यता अध्ययन गर्दा केही भाग कालापानीमा पऱ्यो, लिपुलेक क्षेत्रको विवादित भूमिका विषयमा इ.पि.जी. समूहले भारतीय प्रतिक्रियावादी सरकारलाई समस्या छिटो सुल्झाउन २ देश स्तरिय सम्मिलित समितीले धेरै खोज अध्यन गरेर बनाएको प्रतिवेदन आग्रह गरेको धेरै भइसकेको छ । तर, मोदी सरकारले प्रतिवेदन बुझ्न नै आलटाल गरिरहेको गरिरहेको अन्तर्य यतिबेला छर्लङ्ग भएको छ ।

सीमा विवादका सन्दर्भमा भारतीय टेलिभिजनमा आएका एकलौटी अन्तर्वार्ताहरूमा नेपाली र भारतीय नागरिकहरूको एकप्रकारको ‘भर्चुअल वार’ भइरहेको छ । शायद सन् २०१५ को भूकम्पपश्चात भारतीय मिडियामा नेपालबारेका सामग्रीहरू यतिधेरै प्रसारित भइरहेको यो नै पहिलोपटक हुनुपर्छ । भारतीय जीन्यूज ले त झन् नेपाल र भारतबीचको पावर सेपेरशन गरेर हाम्रो अगाडि नेपालसँग केही छैन । हामीसँग विश्व कै चौथो ठूलो सेना छ तर नेपालसँग मुट्ठीभरका सेनाको टुकटी छ, हामीसँग यत्ती धेरै सम्पती छ, तर नेपाल यत्ती गरिब छ भनेर तुलना गर्नै भ्याइसक्यो । तर, सबैले बुझ्नु पर्ने कुरा के हो भने राष्ट्रिय अस्तित्व सबैको बाराबर हुन्छ । चाहे कोही सानो होस चाहे ठूलो नै । भारतको मूलधारको पत्रिका हिन्दुस्तान टाइम्सले त ‘नेपाल सुड रिकाउन्सिल टु रियालिटी’ शीर्षकमा सम्पादकीय नै लेख्यो । देशको सार्बभौमसत्तासँग जोडिएको नक्सा जारी भएको ऐतिहासिक घटनापछि पनि हाल प्रकाशनमा रेहेका कतिपय दैनिकको आजसम्म पनि सम्पादकीयको विषय बन्न सकेन/बनाइएन ।

अगाडि बढ्दै गरेको नेपाल सरकारलाई हामी प्रदेशियाका लाखौँलाख नेपालीहरुको साथ छ । आफ्नो स्वभिमान रक्षाको लागि हामी जस्तो सुकै त्याग तपस्या र बलिदानी पनि गर्न तत्पर छौँ । तर, सुरूमा स्मार्ट डिप्लोमेसीमार्फत समाधान खोजौँ ।

सार्वभौमसत्ताको विषय पनि सत्तामा को छ भनेर हेर्ने बिषय हो र ? हामीले आफ्नै भूमि दाबी गर्दा जसरी अहिले ‘पारी पट्टिका’ सम्पूर्ण मिडियाहरू एक मुख हुँदै हातै धोएर खोइरो खनिरहेको बेलामा सो को प्रतिरक्षात्मक काउण्टरका साथ ‘आवाज बुलन्द’ पार्नका लागी यता वारी पट्टिका हाम्रा ‘कथित मुलधारका ठूला भनाउदा नेपाली मिडियाहरू’ चाही चू.. समेत नबोलेको देख्दा केहि अघि मात्र प्राधानमन्त्री ओलीले व्यक्त गरेका ‘हाम्रा अधिकांश ठूला मिडियामा मुटु भएका सम्पादक नभएको’ अभिव्यक्ती वास्तबमै आज प्रमाणित भएको भावानुभूत हुँदैछ । भारतीय मिडियाको रवैयाको आलोचनामा उत्रिरहँदा केही दर्शक/पाठक नेपाली मिडियाले युद्ध छेडोस् भन्ने चाहना पोख्दै छन्। मिडियाको काम युद्ध छेड्ने होइन, युद्ध रोक्ने हो। शान्तिपूर्णरूपमा, सचेतना बढाउँदै, संवादको वातावरणलाई प्रोत्साहन गर्नै पर्दछ । राष्ट्रियताको सवालमा कहिल्यै नझुकेको हाम्रो शीर भारतीय मिडियाहरूले के बुझ्ना सक्थे र ।

नेपाल–भारत सम्बन्धमा विवाद पहिला पनि आए, गए । तर, यस पटक भारतको मिडिया र संजाले ट्रेन्डमा, नेपालीप्रति जसरी कटु बोलिँदै छ त्यसले भारतको जनस्तरमै नेपालीकाबारे गलत छाप छोड्दै छ । पहिला विवाद हुँदा त्यहाँ यसरी व्यापक कटुस्तरमा टिप्पणी भएका थिएनन् । यो अप्रिय र चिन्ताको विषय हो । यी र यस्ता क्रियाकलापहरूले दुवै तर्फका सरकार तथा दुवै देशका जनता बिचको सम्बन्ध र भाइचारामा ठेस पुगेको छ ।

यो बेला ‘नक्सा निकालेको सरकारले होइन हाम्रो कर जोड बल ले पो हो त’ भनेर हाम्रै भित्रका केही नेताहरूले गर्दै गरेको बकबकलाई इतिहासले कुरीकुरी भन्ला है ? किनकि यो बेला सबै मिलेर सरकारलाई साथ दिइ आफ्नो गुम्न लागेको स्वभिमान फिर्ता ल्याउन पहल गर्नु पर्ने टड्कारो आवश्यकता हो । जसरी प्रतिपक्षका नेता डा. मिनेन्द्र रिजालले दुरासायरूपमा प्रश्न सोध्ने भारतीय पत्रकारलाई राम्रै तरिकाले सबक सिकाए । भारतका पनि विश्व युवा संघले नेपालको पक्षमा बोल्नुले विश्व जनमत नेपालको पक्षमा रहेको अनुभूति गराएको छ ।

घरेलु राजनीतिक मुद्दामा विभाजित भए पनि देश, सार्वभौमिकता र नेपाली स्वाभिमानको मुद्दामा नेपाली सबै एक छौ भनेर देखाउने अवसर अहिले हामीलाई प्राप्त छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिभाज्य भूभाग हुन् र रहने छन् भन्ने मुद्दामा यतिबेला सिंगो देश जोडिँदै छ ।

हो त्यसैगरी हामी पनि सबै जना लाग्नुपर्छ । यो बेला पार्टीगत कुरा गर्ने होइन । हामी सबै मिली सरकारलाई साथ दिने हो खुट्टा तान्ने होइन । जब राष्ट्रियताका कि कुरा आउँछ सरकारलाई पार्टीका नेताहरूले साथ दिने हो षड्यन्त्र रच्ने होइन । त्यसको चाहिँ आयो, मेरो नामै आएन भनेर इर्स्यालु व्यवहार देखाउने बेला होइन । यो बेला सबै नेपाली एकजुट भएर भारतीय पक्षबाट हुँदै गरेको ज्यादति अनि पारीका सञ्चारमाध्यमले छरिरहेको भ्रम र दुस्प्रचारको सबै मिलेर सामना गर्ने र आफूलाई कुटनैतिकरूपमा सबल र सक्षम सावित गर्ने बेला हो । भारतीय मिडियाको रोइलोलाई काउन्टर दिने र गुम्न लागेको हाम्रो आफ्नो अस्मितालाई बचाउन लागीगि पर्ने बेला हो यो ।

अगाडि बढ्दै गरेको नेपाल सरकारलाई हामी प्रदेशियाका लाखौँलाख नेपालीहरुको साथ छ । आफ्नो स्वभिमान रक्षाको लागि हामी जस्तो सुकै त्याग तपस्या र बलिदानी पनि गर्न तत्पर छौँ । तर, सुरूमा स्मार्ट डिप्लोमेसीमार्फत समाधान खोजौँ । यदी त्यो पनि भएन हाम्रो पूर्खाको इतिहास भारतिय पक्षलाई सम्झाउन नै परे पनि सबै मिली सम्झाइ दिउँला । हामी सत्य छौँ, सत्यको पक्षमा विश्व एक भएर हामीलाई साथ र समर्थन गर्छ ।

नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित छौ हामी । भारतीय मिडियाको रुवाबासी सुन्दा लाग्छ नेपालले भारतविरुद्ध युद्ध सुरू गरेछ ।

घरेलु राजनीतिक मुद्दामा विभाजित भए पनि देश, सार्वभौमिकता र नेपाली स्वाभिमानको मुद्दामा नेपाली सबै एक छौ भनेर देखाउने अवसर अहिले हामीलाई प्राप्त छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिभाज्य भूभाग हुन् र रहने छन् भन्ने मुद्दामा यतिबेला सिंगो देश जोडिँदै छ । हामी कसैमाथि असमान/अपमानजनक व्यवहार गर्दैनौं । कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं ! नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन र अपमान गर्न खोजे नेपालीहरूले कदापि सहँदैनन् ।

नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित छौ हामी । भारतीय मिडियाको रुवाबासी सुन्दा लाग्छ नेपालले भारतविरुद्ध युद्ध सुरू गरेछ । सधैभरी ‘जी भाइ साहेब्, जी भाइ साहेब’ गरेर मुन्टो मात्रै हल्लाउने प्रधानमन्त्रीहरू इतिहासमा थिए पनि होलान् तर अहिलेका प्रधानमन्त्री चट्टानी अडान भएका ३ करोड जनाताको साथ प्यार, भरोसा अनि स्वभिमान लिएर बनेका छन् भने झण्डै झण्डै २ तिहाइ जनमतको बलमा अडिएको धरातल छ सरकारको ।

भारत ठूलो छ । साधनस्रोत सम्पन्न छ । उसले दक्षिण यसियाका सबै देशहरूको आफूलाई बाउ ठान्छ भने त्यो उसको ठूलो भ्रम हो । हेक्का रहोस् सबै बाउहरूको बाउ अनिवार्य हुन्छ । उसलाई हजुरबाउ भने जसरी हामिलाई समर्थन गर्न धेरै राष्ट्र अनि संयुक्त राष्ट्र संघ पनि छदैछ । तसर्थः यो बेला सरकार ले नेतृत्वदायी भूमिका निर्वाह गर्ने हो अनि हामी सबै जनताहरूले सरकारलाई साथ सहयोग अनि हौसला प्रदान गर्ने हो । यतिबेला हामी विवाद र विषम परिस्थिती चाहँदैनौ ।

केवल हामीलाई आफ्नो भूमि फिर्ता चाहियो भन्ने हो । जुन कालापानी मात्र होइन । हामीले पूर्वदेखि पश्चिमसम्मका लाखौ हेक्टर जमिन हडपेको छ भारतले हो त्यो जग्गा फिर्ता चाहेका हौँ । मिडियामा भारतीय पक्षले जसरी बोल्न र लेख्न हामीलाई पनि नआउने होइन । तर, हामीले समस्याको स्मार्ट डिप्लोमेसीमार्फत सामाधान चाहेका हौँ ।

निर्मल घिमिरे, जापान

कमेन्ट गर्नुहोस्