वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि

कपिलवस्तुः लकडाउनमा अलपत्र परेका वडावासीको उद्दारमा खटिएका वाणगंगा नगरपालिकाका १ वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार कपिलवस्तु जिल्लाका ८ जना कोरोना संक्रमितमध्ये १ जना वडा अध्यक्ष र १ जना संचारकर्मी रहेका छन् । योसँगै जिल्लामा कुल ७७ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  ४० जिल्लामा फैलियो कोरोना, कुन प्रदेशमा कति संक्रमित? (सूचीसहित)

संक्रमित वडा अध्यक्ष भारतका विभिन्न शहरबाट घर फर्कंदा सीमा क्षेत्रमा अलपत्र परेका वडावासीलाई वडामा ल्याइ क्वारेन्टाइनमा राख्न सक्रिय भइ लागेका थिए ।

कोरोना संक्रमणविरुद्ध कडा सावधानी अपनाउँदा अपनाउँदै पनि आफू संक्रमित भएको र आफूले उच्च मनोवल लिएर कोरोनासँग लड्ने वडा अध्यक्षले बताए ।

याे पनि पढ्नुस  कोरोना संक्रमणः १५ दिनसम्म रसुवागढी नाका बन्द

अबका केही दिन मोवाइल तथा इन्टरनेट सेवामार्फत् आइसोलेसन वार्डबाटै भए पनि वडावासी तथा समग्र नगरवासीको सहयोगमा सक्रिय भइ लाग्ने वडा अध्यक्षले बताए ।

कमेन्ट गर्नुहोस्