पूर्व युवराज पारस चढेको गाडी गोरुसँग ठोक्कियो

पोखराः पूर्व युवराज पारस शाहको गाडीले गोरुलाई ठक्कर दिएको छ ।

आज दिउँसो २ बजे पारसको गाडीले पोखराको पृथ्वीचोकमा रहेको गोरुलाई ठक्कर दिएको हो । गाडीको ठक्करबाट गोरु मरे पनि गाडीमा सवार सबै सकुसल रहेका छन् ।

केही दिनदेखि पोखरामा रहेर लकडाउनका कारण समस्यामा परेका नागरिकलाई राहत वितरणलगायतका सहयोग गर्दै आएका पारस अस्वस्थ भएर उपचारका लागि अस्पताल जाँदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नमा स्थानीयको अवरोध, झडपमा १ दर्जन बढी घाइते

वडा प्रहरी कार्यालय बैदामका डिएसी यादव ढकालका अनुसार पारस चढेको बा १४ च २१३१ नम्बरको गाडीले पृथ्वीचोकमा गोरुलाई ठक्कर दिएको हो । गाडीमा पारससहित ३ जना सवार रहेको र गाडी अशोक गुरुङले हाँकेको उनले बताए ।

कमेन्ट गर्नुहोस्