चीनमा २४ घण्टामा भेटिएनन् नयाँ कोरोना संक्रमित

बीबीसीः चीनमा गत डिसेम्बरमा कोरोना भाइरस सङ्क्रमण फैलिएयता पहिलो पटक शुक्रबार २४ घण्टामा कुनै नयाँ सङ्क्रमित भेटिएन्।

त्यहाँको न्याश्नल हेल्थ कमिशनले गएको २४ घण्टामा कोभिड-१९ का कारण कसैको पनि मृत्यु नभएको जनाएको छ।

चिनियाँ शहर वुहानमा पहिलो सङ्क्रमण पुष्टि भएयता संसारभर ५० लाख मानिसहरू सङ्क्रमित भएका छन् भने ३३८,००० जनाको मृत्यु भएको छ।

याे पनि पढ्नुस  जापानमा कुस्तीवाजलाई कोरोनाको संक्रमण

चीनमा मात्रै ८४,००० भन्दा बढी सङ्क्रमित भएक र ४,६०० जनाको मृत्यु भएको छ।
वुहान रहेको प्रान्त हुबेमा सरकारले गरेको कडा लकडाउनका कारण कोरोनाभाइरस चीनको अन्य भागमा धेरै फैलिन नपाएको बताइन्छ।

विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार दक्षिण अमेरिका महामारीको नयाँ केन्द्रविन्दु बनेको बताएको छ। ब्रजिल र मेक्सिकोमा हालैमा दिनमा नयाँ सङ्क्रमण ह्वात्तै बढेको छ।

याे पनि पढ्नुस  आ–आफ्नै घरमा बस्न राष्ट्रपति भण्डारीको आह्वान

ब्रजिलमा ३३०,००० भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ जुन विश्वमै अमेरिका पछि सबैभन्दा बढी सङ्क्रमण भएको देश हो।

यो पनि पढ्नुस

नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्व युवराज पारस चढेको गाडी गोरुसँग ठोक्कियो

वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि

टनकपुर बाँधको ३६ एकड जग्गा अझै भारतको कब्जामा

अनेरास्ववियूका संयोजक महरले बाबुरामलाई श्रद्धाञ्जली दिएपछि…

ग्राण्डी अस्पतालका १ कर्मचारीमा कोरोना संक्रमण

कमेन्ट गर्नुहोस्