नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंः नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सेती प्रादेशिक अस्पताल, कोशी अस्पता र राप्ती स्वास्थ्य विज्ञान पतिष्ठानमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्याको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नयाँ संक्रमितमा बाँकेका २७, बैतडीका ४, सुर्खेतका ३, बर्दिया र झापाका १/१ जना रहेका छन् ।

याे पनि पढ्नुस  पत्रकार सम्मेलनमा ट्रम्पको निशानामा पत्रकार !

यो सँगै कुल संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ५ सय ५ पुरुष र ७९ महिला रहेका छन् ।

यसअघि आज बिहान ३२ जनामा कोरोना पुष्टि भएको थियो ।

योसहित शनिबार मात्रै ६८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

याे पनि पढ्नुस  सामुदायिक रेडियोमार्फत एसइईको पुनर्ताजगी कक्षा

जसमध्ये ७० जना निको भएर घर फर्कंदा ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २ पुरुष र १ महिला रहेका छन् ।

अहिलेसम्म कोरोनाबाट ४० जिल्ला प्रभावित भएका छन् ।

यो पनि पढ्नुस

पूर्व युवराज पारस चढेको गाडी गोरुसँग ठोक्कियो

वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि

टनकपुर बाँधको ३६ एकड जग्गा अझै भारतको कब्जामा

अनेरास्ववियूका संयोजक महरले बाबुरामलाई श्रद्धाञ्जली दिएपछि…

ग्राण्डी अस्पतालका १ कर्मचारीमा कोरोना संक्रमण

कमेन्ट गर्नुहोस्