दिल्ली सरकारको विज्ञापनमा सिक्किमलाई अलग देश लेखेपछि भारतमा बबाल

नयाँदिल्लीः नेपालले नयाँ नक्सा जारी गरेपछि भारतमा देखिएका तनावमाथि दिल्ली सरकारको एउटा विज्ञापनले झन ठूलो बबाल मच्चाएको छ ।

दिल्ली सरकारद्वारा पत्रिकमा प्रकाशित दरबन्दी आव्हान सम्बन्धि विज्ञापनमा सिक्किमलाई नेपाल र भुटान जस्तै अलग देशका रुपमा उल्लेख गरिएको छ ।

दिल्लीका अरवीन्द केजरीवाल सरकारका तर्फबाट सिविल डिफेन्सका सदस्यहरूको भर्तीका लागि अखबारमा विज्ञापन प्रकाशित गरिएको थियो ।

याे पनि पढ्नुस  केजरिवालको घोषणाः अब मेरो र दर्जीको छोरा सँगै इन्जिनियरिङ कक्षामा

विज्ञापनमा आवेदनका लागि योग्यताको के कलममा लिखा भारतको नागरिक या नेपाल, भूटान वा सिक्किम को प्रजा हुनुपर्ने उल्लेख छ ।

नेपाल र भूटानसँगै साथ सिक्किमलाई पनि भारतबाट अलग देखाईएपछि ठूलो बबाल मच्चिएको हो ।

विज्ञापनमा दिल्लीका मुख्यमन्त्री केजरीवालको फोटो पनि प्रकाशित छ । स्वतन्त्र देश सिक्किमलाई भारतले सन् १९७५ मा भारतमा गाभेको थियो ।

याे पनि पढ्नुस  राष्ट्रबैंकद्वारा सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक

सिक्किम भारतको भूभाग हुँदाहुँदै पनि दिल्लीको विज्ञापनम त्यसलाई स्वतन्त्र राज्यको रुपमा उल्लेख गरिएकोमा विपक्षीहरुले केजरीवालमाथि प्रश्न शुरु गरेका छन् । ट्विटरमा समेत विज्ञापनमाथि प्रश्न उठाइएको छ । दिल्ली सरकारले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

त्यसै पनि नेपालले लिम्पियाधुरालाई आफ्नो भुभाग भन्दै नक्सा जारी गरेपछि भारतमा ठूलो तनाव सिर्जना भएको छ । यही समयमा सिक्किमको कुरा समेत चर्चामा आएपछि यसले भारतीय राजनीतिमा झन अन्यौल र विवाद सिर्जना गर्ने देखिन्छ ।

याे पनि पढ्नुस  लोकसेवाले फेरि विज्ञापन गर्ने

कमेन्ट गर्नुहोस्