थप ९ जनाले जिते कोरोना

पर्साः वीरगन्जस्थित नारायणी अस्पतालबाट आज ९ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

नारायणी र गण्डकी अस्पतालमा उपचाररत ९६ जना संक्रमितमध्ये शनिबार ९ जना डिस्चार्ज भएका हुन् । ‘कागजी प्रक्रिया मिलाउँदै छौं,’ नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मदन कुमार उपाध्यायले भने ।

याे पनि पढ्नुस  थप २१ जनाले जिते कोरोना, निको हुनेको संख्या १७६ पुग्यो

डिस्चार्ज हुनेमध्ये पर्साका ३, रौतहटका ३, बाराका २ र एक भारतीय नागरिक गरी ९ जना पुरुष छन्।

नारायणी अस्पतालमा ७१ र गण्डक अस्पतालमा २५ गरी ९६ जना संक्रमित उपचार गराइरहेका छन्। डिस्चार्ज हुनेहरु सबै नारायणी अस्पतालमा उपचार गराइरहेका हुन् ।

याे पनि पढ्नुस  संसारभरि कोरोना भाइरसको संख्या ५० लाख नाघ्यो, सवा ३ लाखको मृत्यु

यो सँगै नेपालमा कोरोना जितेर घर फर्कंनेको संख्या ७० पुगेको छ ।

कमेन्ट गर्नुहोस्