मानव अधिकार आयोगद्वारा पूर्वसदस्य सिंहको निधनप्रति दुःख व्यक्त

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसदस्य सुशीला सिंह ‘शिलु’को निधनप्रति दुःख व्यक्त गरेको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी आयोगका पूर्वसदस्य सिंहको यही जेठ ९ गते भएको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै यस घडीमा आयोगले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेको छ ।

याे पनि पढ्नुस  कुमार पौडेलको मृत्यु ‘दोहोरो भिडन्तमा होइन’, प्रहरीविरूद्ध मुद्दा चलाउन मानव अधिकार आयोगको निर्देशन

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सिंहले २०६२ जेठ १३ गतेदेखि २०६३ असार २५ गतेसम्म आयोगको सदस्य भई काम गरेकी थिइन् । आयोगले स्व सिंहको सम्मान र सम्झनामा आयोगको केन्द्रीय कार्यालयमा ३ दिनसम्म आयोगको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  महेश बस्नेत र सर्वेन्द्र खनालले पनि दिए आयोगमा उजुरी

स्व. सिंहको तस्वीरसहित १३ दिनसम्म आयोग परिसरमा शोकपुस्तिका राख्ने र निधन भएको १३औँ दिनको दिन आयोगका सबै कार्यालयमा श्रद्धाञ्जलि व्यक्त गर्ने निर्णयसमेत आयोगले गरेको छ ।

कमेन्ट गर्नुहोस्