मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु

सुनसरीः सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

आज दिउँसो साढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्जतर्फ जाँदै गेरको को २ प ८८४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भए मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिका-२ का २५ बर्षीय सजिम अंसारीलाई उपचारको लागि विराटनगरको गोल्डेन अस्पताल पठाइएकोमा उपचारको क्रममा पौने ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्