पाकिस्तानको कराँची जेलमा ३ सय कोरोना संक्रमित

पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै ३ सय भन्दा बढी बन्दी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरू जानकारी दिएका छन् ।

शनिबार सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरै जनामा सङ्क्रमण फैलिएको बताइएको छ ।

याे पनि पढ्नुस  भाजपा र माेदी हिटलरकाे बाटाेमा– ईमरान खान, पाक प्रम

कारागारका अधिकारीहरुले सङ्क्रमित र सङ्क्रमण नभएका कैदीहरुलाई अहिले छुट्टा छुट्टै राखिएको जानकारी दिएका छन् ।

चाडो चाडै सङ्क्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सवै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारीलगायतको पनि कोरोना परिक्षण गरिएको छ । कारागारमा पहिलो सङ्क्रमित यही मे ११ तारिखका दिन पुष्टि भएको थियो । त्यसपछि अरु केही व्यक्तिहरुमा देखिएको थियो ।

याे पनि पढ्नुस  रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित

अहिले त्यो दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ । शनिबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट ५२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्