कोरोनाबाट मृत्यु भएका गुल्मीका शिक्षकको घरमा डेरा गरी बस्नेमा पनि कोरोना पुष्टि

गुल्मीः गुल्मीका मृतकको घरमा डेरामा बस्नेलाई पनि कोरोना संक्रमण देखिएको छ ।

कोरोनाबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षकको घरमा डेरा गरी बस्ने अर्का पुरुषलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानी प्रसाद शर्माले जानकारी दिए । संक्रमित ३१ वर्षीय पुरुष हुन् ।

याे पनि पढ्नुस  अमेरिकामा कोरोनाः मृतक संख्या १ लाख नाघ्यो

शिक्षकको मृत्युपछि उक्त गाउँका ३० जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । तीमध्ये २७ जनाको रिपोर्ट आउँदा उनका संक्रमण पुष्टि भएको हो । तीनजनाको रिपोर्ट आउँन बाँकी छ ।

कमेन्ट गर्नुहोस्