कसरी दुर्घटना भयो पूर्वयुवराज पारस शाहको गाडी ?

पोखराः उपचारको लागि गण्डकी अस्पतालतर्फ जाँदै गर्दा पूर्वयुवराज पारस शाहको गाडी दुर्घटना भएको खुलेको छ ।

शुक्रबार मध्यराति पूर्वयुवराज शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको मुख्य बजार केन्द्र पृथ्वीचोकमा ठक्कर दिँदा छाडा गोरु मरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर नरहरि अधिकारीले शाहलाई मध्यरातमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनका सहयोगीहरुले उपचारको लागि गण्डकी अस्पतालतर्फ लैजाँदै गर्दा अनियन्त्रित भइ गोरुलाई ठक्कर दिन पुगेको जानकारी दिए ।

याे पनि पढ्नुस  गणपति बिसर्जन गर्दा डुंगा पल्टियो, ११ बढीको मृत्यु

गाडीमा पूर्वयुवराज पारससहित तीनजना सवार रहेको र बसैले पनि मादक पदार्थ या नशाजन्य बस्तु सेवन नगरेको पाइएको इन्सपेक्टर अधिकारीले बताए । गाडीमा सामान्य क्षति भएपनि मानवीय क्षति भने भएको छैन ।

कमेन्ट गर्नुहोस्