अनुमति बिना नयाँ नक्सा बिक्री गरे कार्वाही हुने

काठमाडौंः अनुमति बिना नेपालको नयाँ नक्सा बिक्री गरे कार्वाही हुने भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीले शनिबार सूचना जारी गर्दै अनुमति बिना नेपालको नयाँ नक्सा बिक्री गरे कार्वाही हुने चेतावनी दिएका हुन् ।

‘नापी विभागबाट तयार भएको नेपालको नक्सा अनधिकृत रूपमा छपाइ तथा बिक्री वितरण गर्ने विषय कानूनी रूपमा दण्डनीय भएकोले नापी विभागको स्वीकृती विना अनधिकृत तबरले छपाइ र बिक्री वितरण नगर्न र नगराउन हार्दिक अनुरोध गर्दछु’, महानिर्देशक जोशीद्वारा जारी सूचना भनिएको छ, ‘यस कानूनी प्रावधानको विपरित कसैले नक्सा छपाइ तथा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु ।’

याे पनि पढ्नुस  कानून समूहका लागि जान्नैपर्ने कुराहरु (लोकसेवा र अन्य प्रतियोगीका लागि अति उपयोगी अन्तर्वार्ता)

नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) को छपाइ कार्य भापी विभागबाट भइरहेको र छिट्टै सर्वसुलभ वितरणमा ल्याइने पनि विभागले जनाएको छ ।

साथै श्रोत नखुलेको, नक्साको आधारभूत विषय प्रयोग नभएको र प्रशासनिक तथा राजनीतिक सीमा समेत नमिलेका नक्सा नेपालको नक्सा भनेर सामाजिक संजाल एवं विभिन्न संचारमाध्यमहरुमा प्रयोग भएकोप्रति विभागले ध्यानाकर्षण भएको जनाएको छ ।

याे पनि पढ्नुस  भारतीय नक्सा गलत छ, कालापानी र लिपुलेक नेपालको होः महानिर्देशक जोशी

त्यसले जनमानसमा भ्रम सृजना गर्ने भएकोले यस्तो नक्सा प्रयोग नगर्न र नापी विभागको वेवसाइटमा राखिएको नक्सा मात्र प्रयोग गर्न हुन नापी विभागले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्