बुटवलः कोरोना विशेष अस्पतालबाट १० जना निको भएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुर्दशन थापाले कपिलवस्तुका १० जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए ।
उनीहरूलाई शनिबार साँझ डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकाहरू लकडाउनको समयमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
शनिबार दिउँसो वीरगन्जस्थित नारायणी अस्पतालबाट ९ जना निको भएका थिए । योसँगै निको हुनेको संख्या ८० पुगेको छ ।
नेपालमा हालसम्म ५८४ जनामा कोरोना संक्रमण देखिएको छ भने तीनजनाको मृत्यु भएको छ ।