शनिबार फेरि थप ७ जनामा देखियो कोरोना

बुटवलः शनिबार फेरि थप ७ जनामा कोरोना देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही, कपिलवस्तु र दाङका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित रुपन्देहीको गैडहवा गाउँपालिकाका र कपिलवस्तुको मायादेवी गाउँपालिकाका ३/३ जना हुन् ।

याे पनि पढ्नुस  लकडाउन १ हप्ता लम्ब्याउन सुझाव

त्यस्तै, दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा भाडामा बस्दै आएका व्यक्ति हुन् ।

शनिबार बिहान ३२ र दिउँसो ३६ जनामा कोरोना संक्रमण देखिएको थियो । नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्