भारतको क्वारेन्टाइनमा नेपालीको मृत्यु

बुटवलः भारतको नौतनवास्थित क्वारेन्टाइनमा एक नेपालीको मृत्यु भएको छ ।

स्याङ्जाको हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय पुरुषको क्वारेन्टाइनमा शनिबार मृत्यु भएको बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक ईश्वरी अधिकारीले जानकारी दिए ।

उनी जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएका थिए । स्वास्थ्यमा समस्या आएपछि महाराजगंज अस्पतालमा चेकजाँच गरेर फर्केलगत्तै उनको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  बुधबारबाट दिनभर खाद्यान्न पसल खुल्ने

मृतकमा कोरोना पुष्टि भए भारतमै अन्त्येष्टी गरिने र नेगेटिभ रिपोर्ट आए नेपाल ल्याएर आफन्तलाई शव बुझाइने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्