राहत बाँड्दै जाँदा प्रेम, लकडाउनमै अनिल र निलमले गरे बिहे

कानपुर । मन मिलेपछि कसको के लाग्छ र ? अर्को कुरा जीवनसाथी कहाँ भेटिन्छ भन्ने कुरा कसलाई थाहा हुन्छ र ?  यस्तै भएको छ निलमको जीन्दगीमा । भारतको उत्तर प्रदेशस्थित कानपुर यस्तै फिल्मी घटना घटेको छ ।

लकडाउनको बेला एकजना युवकले आफ्ना मालिकसँग बेसहारा व्यक्तिहरुलाई खाना खुवाउँदै आएका थिए । खाने खाने ताँतीमा एकजना युवती पनि हुन्थिन । सधैं खाना बाँड्ने क्रममा युवक र युवतीबीच प्रेम शुरु भयो ।

शहरमा बस्ने निलमका बुवाको सात वर्ष अघि देहान्त भएको थियो । आमा भने प्यारालाइसिस पीडित छिन् । उनका कैयन अंगले काम गर्दैन । केही समय अघि उनका दाई र भाउजुले बहिनी र आमालाई कुटपीट गर्दै घरबाहिर निकाले

याे पनि पढ्नुस  लकडाउनका बेला तस्करी गर्न बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने २८ तस्कर पक्राउ

बिरामी आमाको एकमात्र सहारा निलम थिइन । यसैबीच लकडाउन सुरु भएपछि दुबैको जीवन निकै कष्टप्रद बन्न पुग्यो । त्यत्तिकै घरमा बसे भोकै मर्नुपर्ने देखिएपछि निलम साँझ बिहान खाना बाँडिने लाइनमा बस्न थालिन् । आमाका लागि पनि उनले खाना लगेर जान्थिन ।

याे पनि पढ्नुस  ‘लकडाउन’ थप प्रभावकारी बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

उता पुरानो कानपुर निवासी अनिल पनि आफ्ना मालिक लालता प्रसादसँगै लकडाउनमा सधैं खाना बाँड्थे । लालता प्रसाद जान नपाएको दिन अनिलले नै एक्लै लन्च प्याकेट बाँड्ने गर्थे ।

एकदिन लाइनमा नयाँ युवती देखेपछि अनिलले यी युवती राम्रै घरकी भएर पनि परिस्थितिवश यहाँ आएको विचार गर्यो । त्यसपछि निलमसँग उसको कुरा हुन शुरु भयो । र, उनीहरुबीच लकडाउनमैं प्रेम शुरु भयो ।

प्रशासनले कडाई गरेपछि अनिल आफै निलमको घरमा खाना पुर्याउन थाले । यही बीचमा उनीहरुले विवाह गर्ने निर्णय गरे । अनि बुद्धको मुर्तिलाई साक्षी राखेर दुबैले जन्म जन्मान्तर सँगै मर्ने बाँच्ने कसम खाए ।

याे पनि पढ्नुस  श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई सेनाले नांगै बनायो

निलम भन्छिन्, “म भगवानलाई धन्यवाद दिन चाहन्छु, घरको अवस्था देखेर मैले बिहेबारे सोच्नै छोडिसकेकी थिएँ । अनिलसँग मेरो बिहे होला भन्ने त कल्पना पनि थिएन । अनिल जस्तो सफा मनको मान्छे पाउनु मेरा लागि भाग्यको कुरा हो ।” एजेन्सीहरुमा प्रकाशित समाचारका आधारमा

कमेन्ट गर्नुहोस्