नेपालमा कोरोनाः एकैदिन ७५ संक्रमित थपिए, १९ निको भए

काठमाडौंः नेपालमा एकैदिन शनिबार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान ३२, दिउँसो ३६ र साँझ ७ जना गरेर७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । संक्रमितमध्ये तीनजनाको मृत्यु हुँदा ८० जना निको भएका छन् ।

बिहान थपिएका संक्रमितः

दिउँसो थपिएका संक्रमितः
शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

आज सेती प्रादेशिक अस्पताल, कोशी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान पतिष्ठानमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्याको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नयाँ संक्रमितमा बाँकेका २७, बैतडीका ४, सुर्खेतका ३, बर्दिया र झापाका १÷१ जना रहेका छन् ।

साँझ थपिएका संक्रमितः
शनिबार थप ७ जनामा कोरोना देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही, कपिलवस्तु र दाङका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  कोरोनाः चुनौतीसँगै आएको अवसर

संक्रमित रुपन्देहीको गैडहवा गाउँपालिकाका र कपिलवस्तुको मायादेवी गाउँपालिकाका ३÷३ जना हुन् ।

त्यस्तै, दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा भाडामा बस्दै आएका व्यक्ति हुन् ।

१९ संक्रमित निको भए
वीरगन्जस्थित नारायणी अस्पतालबाट आज ९ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमध्ये पर्साका ३, रौतहटका ३, बाराका २ र एक भारतीय नागरिक गरी ९ जना पुरुष छन् ।

याे पनि पढ्नुस  चीनबाट आएका सामानको गुणस्तरमा शंका गर्नु निराधारः चिनियाँ राजदूत

शनिबार साँझ कोरोना विशेष अस्पताल बुटवलबाट १० जना निको भएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुर्दशन थापाले कपिलवस्तुका १० जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए ।

उनीहरूलाई शनिबार साँझ डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकाहरू लकडाउनको समयमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्