सोमबार कस्तो बित्दैछ तपाईंको दिन ? पढ्नुस् राशिफल

२०७७ जेठ १२ गते सोमबारको राशिफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

शुभ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्ला ।

याे पनि पढ्नुस  आज तपाइको दिन कस्तो ? हेर्नुहोस् राशिफल

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज मनमा अधैर्य र कमजोर रहला । घर परिवारमा झै–झमेलाको अवस्था आउनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । नयाँ कमको योजना हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

याे पनि पढ्नुस  आज असारको पहिलो दिन, कस्तो छ तपाईंको राशिफल ?

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । विपरित वर्गप्रति आकर्षण बढ्नेछ । समाजको हितमापनि मन जानेछ ।

याे पनि पढ्नुस  कस्तो छ तपाइँको आजको दिन? हेर्नुस् राशिफल

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । पठनपाठनका क्षेत्रमा सुधार आउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्