थप ५ जनामा देखियो कोरोना

सुर्खेतः कर्णाली प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजिटिभ देखिएका पाँच जनाको थप परीक्षणका लागि नेपालगञ्ज पठाइएकोमा त्यहाँ पनि नतिजा पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक डा. रीता भण्डारी जोशीले जानकारी दिइन् ।

याे पनि पढ्नुस  थप ३ जनामा देखियो कोरोना

योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुगेको छ । यसअघि सुर्खेतमा तीनजना र दैलेखमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतबाट कर्णाली भित्रिएका पछिल्ला संक्रमित सबै दैलेखका रहेको सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

याे पनि पढ्नुस  अतितलाई सम्झाउँदै कोरोना भाइरस

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१३ पुग्दा तीनजनाको मृत्यु भएको छ भने १०५ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्