काठमाडौंमा फेरि थपिए संक्रमित

काठमाडौंः काठमाडौंमा फेरि तीनजना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित टोखा नगरपालिका–३ र ६ तथा बुढानिलकण्ठ नगरपालिका–३ का २७, ४१ र २७ वर्षीय पुरुष रहेका छन् ।

उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोशगालामा परीक्षणको क्रममा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

उनीहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै काठमाडौंमा संक्रमितको संख्या १७ जना पुगेको छ भने ७ जना निको भएका छन् ।

 

कमेन्ट गर्नुहोस्