नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको ज्यान गयो

काठमाडौंः नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका १ वृद्धलाई कोरोना पोजिटिभ देखिएको छ।

७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजिटिभ आएको जानकारी दिए ।

याे पनि पढ्नुस  पटना अस्पतालले भन्यो, ‘भर्ना भएका नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको छैन’

‘शंकास्पद लक्षण देखिएका उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएका थियौं अहिले भर्खरै पोजिटिभ नतिजा आयो भनेर मलाई इमेल आएको छ’ उनले भने।

ती वृद्धमा मिर्गौलाको समस्या पनि रहेको पर्साका जिल्ला सहायक प्रमुख ललित बस्नेतले जानकारी दिए।

यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

कमेन्ट गर्नुहोस्