चर्चित जापानी रेसलर हाना किमुरा मृत फेला

जापानकी रेसलिङ स्टार हाना किमुराको शनिबार मत्यु भएको छ । उनी २२ वर्षकी थिइन् । हालै उनले नेटफ्लिक्सको एउटा रियालिटी शो ‘टेरेस हाउसः टोक्यो’ मा काम गरेकी थिइन् ।

हाना किमूरको आफन्तले ट्वीटरमा यसबारे पुष्टि गरेका हुन् । किमूरालाई आफ्नो घरमा मृत भेटिएको हो तर उनको मृत्युको कारण भने अझै स्पष्ट हुन सकेको छैन, पुलिसले यसबारे अनुसन्धान थालेका छ ।

जानकारका अनुसार किमूराको मृत्युको कारण अनलाइन बुलिङ हुनसक्छ किनभने नेटफ्लिक्सको रियालिटी शोमा आएपछि सोसल मिडिया प्लेटफर्ममा उनलाई मानिसहरूले निशानामा पारिरहेका थिए । मानिसहरुले सोसल मिडियामा उनलाई घृणायुक्त मेसेज पठाइरहेका थिए ।

इन्स्टाग्राममा उनका पछिल्लो पोस्ट र तस्बिर हेर्दा यस्तो लाग्छ कि उनी केही समयदेखि डिप्रेशनमा थिइन् । हालै उनले आफ्नो बिरालोसँग एउटा फोटो सेयर गरेकी थिइन् जसको क्याप्सन थियो ‘गुडबाई’ । एजेन्सी

कमेन्ट गर्नुहोस्