४३ बर्षीया महिला घरमै मृत फेला

उदयपुरः उदयपुरको रौतामाई गाउँपालिका ८ की ४३ बर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ आफ्नै घरमा मृत फेला परेकी छन् ।

आज बिहान ७ बजेको समयमा तामाङ आफ्नै घरमा मृत अबवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले महिलालाई धारिलो हतियार प्रहारबाट मृत रहेको अवस्थामा फेला पारेको हो ।

याे पनि पढ्नुस  नेपालमा एकैदिन थप ९ जनामा कोरोना देखियो, संक्रमित संख्या ४० पुग्यो

महिलाको धारिलो हतियार प्रहारबाट हत्या भएको आशंकामा प्रहरीले मृतककै श्रीमान ५२ बर्षीय बिष्णु तामाङलाई नियन्त्रणमा लिएको छ भने मृतकको कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्