काठमाडौंकाे टोखामा भेटिएका २ संक्रमित ज्योतिषी र किराना पसले

काठमाडौंः राजधानीको टोखा नगरपालिकामा आज कोरोना संक्रमण पुष्टि भएका २ जना ज्योतिषी र किराना व्यावसायी भएको खुलेको छ ।

आज बिहान संक्रण पुष्टि भएका उनीहरू टोखा नगरपालिका–३ र ६ निवासी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरमणि अधिकारीका अनुसार सोमबार काठमाडौंको टोखामा २ र बूढानीलकण्ठमा एक संक्रमित भेटिएका छन् ।

याे पनि पढ्नुस  भारतमा कोरोनाले फेरि बनायो नयाँ रेकर्ड

संक्रमण पुष्टि भएकामध्ये टोखा–३ भत्केको पुलनजिकै बस्दै आएका २७ वर्षीय युवक ज्योतिषी र वडा नम्बर ६ मा भेटिएका अर्का संक्रमित ४१ वर्षीय पुरुष किराना पसले रहेको वडा कार्यालयले जानकारी दिएको छ । उनी महानगरीय प्रहरी प्रभाग टोखा नजिकै पसल चलाउँदै आएका स्थानीय हुन् ।

याे पनि पढ्नुस  काठमाडौंमा आज ३ जनामा कोरोना संक्रमण

उनीहरू दुवैजनालाई ललितपुस्थित पाटन अस्पतालको आइसोलेसनमा पठाउने तयारी गरिएको छ । प्रारम्भिक सोधपुछमा दुवैजनाको ट्राभल हिस्ट्री भेटिएको छैन ।

कमेन्ट गर्नुहोस्