प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले साँझ ५ः३० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘५ः३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ’, थापाले भने ‘त्यसअघि ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली सोमबार स्वदेश फिर्ता हुने

भारतले अतिक्रमित गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक सिमेटिएर नेपालले नयाँ नक्सा जारी गरेपछि उत्पन्न राजनीतिक तरंगबीच ओलीले गर्ने सम्बोधनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रधानमन्त्री ओलीले नयाँ नक्साको कार्यन्वयन र अतिक्रमित भूमी प्राप्तिका लागि आवश्यक राजनीतिक वार्ता र कुटनीतिक पहलमा जोड दिँदै नेपाल-भारतबीचको सम्बन्धका बारेमा महत्वपूर्ण अभिव्यक्ति दिने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्