नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृत्यु भएको मन्त्रालयद्वारा पुष्टि

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।

बाराको करैयामाई गाउँपालिका–७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको आज पुष्टि गरेको हो ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । तर, सोमबार विहान उनको कोरोना पोजिटिभ भएको रिपोर्ट आएको छ ।

आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  कोरोना कहरः प्रभावित टप–१०० देशको सूचीमा नेपाल