वर्षा राउतका कारण समस्यामा वर्षा सिवाकोटी !

काठमाडौंः नायिका वर्षा राउत आफ्नो बोलीका कारण आलोचनामा आएपछि अर्की नायिका वर्षा सिवाकोटीलाई समस्या परेको छ ।

वर्षा राउतले बोल्ने क्रममा नेपाल र भारतको मिडियाका कारण आफूलाई भारतीय साथीहरुसँग कुरा गर्न गाह्रो भएको तर्क प्रस्तुत गरेकी थिइन् ।

वर्षाले यो बिषयमा माफि पनि मागिसकेकी छिन् । तर, नाम एउटै भएका कारण धेरै मानिसहरुले नायिका सिवाकोटीलाई नै गाली गरेर म्यासेस गरिरहेका छन् । यसैले, नायिका वर्षा सिवाकोटीले सामाजिक संजालमा लेखेकी छिन्, ‘मेसेज पठाउनु अगाडि नाम र थर हेर्ने कष्ट गर्नुहोला ।’

याे पनि पढ्नुस  ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्दै वर्षाले मागिन् माफी

नायिका सिवाकोटीले आफूलाई व्यक्तिगत रुपमा धेरै मेसेज आएको बताइन् । कतिपयले भने वर्षाको तस्वीरमा गएर देशको विरुद्धमा बोलेको भन्दै गाली गरिरहेका छन् । केही फेसबुक प्रयोगकर्ताले मान्छे चिनेर मात्र कमेन्ट गर्न अपिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्