कोरोना आशंका गरिएका मृतकको पिसिआर रिपोर्ट आयो

चितवनः भरतपुर अस्पतालमा सोमबार बिहान निधन भएका नवलपरासीका व्यक्तिको कोरोना भाइरस परीक्षण रिपोर्ट आएको छ ।

निमोनियाका बिरामी ती व्यक्तिलाई आइतबार रातिदेखि अस्पतालको आइसियूमा राखिएको थियो । बुटवलको लुम्बिनी सिटी अस्पतालले रिफर गरेका नवलपरासीको रामग्राम–५ का ४८ वर्षका ती व्यक्तिको सोमबार बिहान निधन भएको थियो ।

याे पनि पढ्नुस  नवलपरासीमा फेरि थपिए कोरोना संक्रमति

भरतपुर अस्पतालका वरिष्ठ कन्सलट्यान्ट डा. प्रमोद पौडेलले जानकारी दिएअनुसार ती व्यक्तिको कोरोना भाइरस संक्रमणबारे थाहा पाउन गरिएको पिसिआर परीक्षण नेगेटिभ आएको हो ।

पौडेलका अनुसार कोरोना भाइरसको संक्रमणसँग मिल्ने केही लक्षण देखिएकाले परीक्षण गरिएको तर रिपोर्ट नेगेटिभ आएको हो । नतिजा नेगेटिभ देखिएकाले शव परिवारलाई जिम्मा लगाउने तयारी अस्पतालले गरेको छ ।

कमेन्ट गर्नुहोस्