कोरोनाका बिरामीको पाटन अस्पतालमा हड्डीको अपरेशन गरियो

पाटन अस्पताल

काठमाडौंः कोरोना पोजेटिभ एक युवाको पाटन अस्पतालमा हड्डीको अपरेशन सम्पन्न भएको छ ।

सप्तरीका ३२ वर्षे युवाको आज अपरेशन सम्पन्न भएको पाटन अस्पताल कोरोना डेडिकेटेड संयोजक डा विमल पाण्डेले सेतोपाटीलाई बताए । ती युवाको खुट्टा भाँचिएको थियो ।

याे पनि पढ्नुस  भारतमा कोरोनाले बनायो नयाँ रेकर्ड

‘सुरुमा हामीले यहाँ ठाउँ नभएर काठमाडौं मेडिकल अस्पताल पठाएका थियौं’ डा पाण्डेले भने, ‘उनको स्वास्थ्य अवस्था सामान्य छ । नेपालमा कोरोना पोजेटिभ बिरामीको सर्जरी भएको संभवत यो पहिलो घटना हो ।’

सर्जरीमा डा. सुमन श्रेष्ठ र डा. तोया भट्ट रहेको पाण्डेले बताए । सेतोपाटीबाट साभार

कमेन्ट गर्नुहोस्