नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको बैठक भत्ता नलिने

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक वर्षको राष्ट्रियसभा र समितिको बैठक भत्ता नलिने घोषणा गरेका छन् ।

उनले सोमबार साँझ ट्वीट गर्दै नेकपा प्रवक्ता श्रेष्ठले उक्त घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘कोभिड–१९बाट हाम्रो देशसमेत सबै क्षेत्रमा प्रभावित भएको छ । आगामि बर्ष आर्थिक क्षेत्रमा ठुलो चुनौतिको सामना गर्नुपर्ने निश्चित छ । यसका लागि सार्बजनिक खर्चमा कटौती, मितव्ययीता, चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि जरुरी हुन्छ । यस सन्दर्भमा म १ बर्षको राष्टिय सभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु ।’

उनले संघ र प्रदेशका सांसदलाई पनि त्यस विषयमा सोच्न अनुरोध गरेका छन् । उनले जोड दिँदै भनेका छन्, ‘सांसद बिकास कोष कम्तिमा आगामी बर्षका लागि खारेज गरेर त्यो रकम रोजगारी केन्दृत राष्ट्रिय योजनामा लगानी गरौं । समग्र राष्ट्रिय हित र आवश्यकताको कोणबाट सोचौं ।’

याे पनि पढ्नुस  सेक्सको समयमा कोरोनाबाट कसरी बच्ने ? वैज्ञानिकले दिए यस्ता सुझाव

उनले यसअघि रष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक नलिने घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्