बझाङमा बाघको छालासहित १ जना पक्राउ

कर्ण धामीः बझाङमा बाघको छालासहित १ जना प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुंगल नगरपालिका-११ का ३३ बवर्षीय प्रेमबहादुर बोहरा रहेका छन् ।

बोहरालाई आइतबार राती बाघको छालासहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बमका अनुसार गोप्य सूचनाका आधारमा घरमा खानतलास गर्दा बाघको छाला लुकाईछिपाई राखेको अवस्थामा नियन्त्रणमा लिइएको बताए ।

याे पनि पढ्नुस  बझाङमा खेत जोत्ने बेला ६९ वटा बम भेटिए

अहिले बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइरहेको बझाङ प्रहरीले जनाएकोे छ ।

कमेन्ट गर्नुहोस्