नेपालमा थप ७ जनामा देखियो कोरोना

काठमाडौंः नेपालमा थप ७ जनामा कोरोना देखिएको छ । संक्रमित थपिएका सबै प्रदेश ५ का पुरुष हुन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणको क्रममा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित अर्घाखाँची, गुल्मी र कपिलवस्तुका २/२ जना तथा रुपन्देहीका एकजना रहेका छन् । पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक कोरोना संक्रमण देखिएको हो ।

याे पनि पढ्नुस  १० लाख घना जनसंख्या भएको बस्तीमा देखियो कोरोना, भारतमा महामारी विष्फोट हुने चेतावनी

कपिलवस्तुका दुई जनामध्ये एकजना मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका र एकजना कपिलवस्तुकै अस्पतालका बिरामी हुन् । रुपन्देहीका एकजना कोरोना संक्रमित लुम्बिनी प्रादेशिक अस्पतालका विरामी भएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका प्रमुख डा.राजन्द्र कुमार गिरीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

याे पनि पढ्नुस  कञ्चनपुरमा फेरि लकडाउन कडा पारियो

योसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ९५ जना पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित संख्या हो ।

कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै बाँकेमा, त्यसपछि कपिलवस्तुमा र रुपन्देहीमा छ । संक्रमितमध्ये प्रदेश ५ का ३३ जना निको भएर घर फर्केका छन् ।

याे पनि पढ्नुस  मंगलबार बिहान फेरि थप ५ जनामा देखियो कोरोना

कमेन्ट गर्नुहोस्