मृतक युवतीको स्वाब पीसीआर परीक्षणका लागि पठाइयो

काठमाडौंः शङ्खरापुर नगरपालिका साँखुमा आज ज्यान गुमाएकी एक युवतीको पीसीआर परीक्षणको लागि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।

वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी २० वर्षीया युवतीको ज्यान गएपछि स्वाब परीक्षणको लागि पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईँले बताए ।

याे पनि पढ्नुस  अब सरकारीसँगै निजी ल्याबमा पनि पीसीआर परीक्षण

कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वरेण्टीनमा राखिएको थियो । उनको आरडीटी रिपोर्ट पनि नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन् ।

क्षयरोगको समेत बिरामी रहेकी उनको स्वास्थ्य असामान्य हुँदै गएपछि साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल कलेजमा लगिएको थियो । आज बिहान उनको अस्पतालमै ज्यान गएको मृत्यु चापागाईंले बताए ।

कमेन्ट गर्नुहोस्