प्यूठानमा क्वारेन्टाइनमै महिलाको मृत्यु

प्यूठानः क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ ।

ऐरावती गाउँपालिका–६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

याे पनि पढ्नुस  २० लाख घुस लिँदालिँदै समातिए २ इन्जिनियर

उनी लामो समयदेखि भारतमा ब्रेन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ । शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए ।

महिलासँगै उनका श्रीमान्, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरूलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताए ।

याे पनि पढ्नुस  प्यूठानको ऐरावती–१ मा नेकपा र २ मा स्वतन्त्र उम्मेद्वार विजयी

परिवारका ५ सदस्यको कोरोना आरडीटी हुँदै छ । स्वास्थ्य शाखा प्रमुख गुरुङले भने, ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने छौँ ।’

कमेन्ट गर्नुहोस्