रौतहटमा थप २२ जनामा कोरोना संक्रमण

गौरः रौतहटमा थप २२ जना कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेका छन् ।

संक्रमित सबै जना सम्बन्धित नगरपलिकाको क्वारेन्टाइनमा बसेका थिए । उनीहरू सबै भारतबाट आएका हुन् ।

याे पनि पढ्नुस  कोरोना भाइरस संक्रमणः चीनको वुहानबाट यसरी फर्काइँदै छ नेपाली

संक्रमितहरूलाई कुन अस्पताल लैजानेबारे छलफल चलिरहेको प्रजिअ घिमिरले बताए । योसँगै नेपालमा संक्रमितको संख्या ७ सय २८ पुगेको छ । आजै बिहान मात्र सुर्खेतका १२ जना र बारामा पनि ५ जनामा संक्रमण पुष्टि भएको हो ।

बारामा देखिएका संक्रमितहरूमा २ जना नेपाली सेनाका हुन् ।

कमेन्ट गर्नुहोस्