ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

ब्रासिलियाः ब्राजिलमा बितेको २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन् । योसहित ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७४ हजार ८ सय ९८ पुगेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमण भएर मृत्यु हुनेको संख्या २३ हजार ४७३ पुगेको छ ।

याे पनि पढ्नुस  बूढानीलकण्ठमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

दक्षिण अमेरिकी मुलुकहरूमध्ये ब्राजिलमा सबैभन्दा बढी मानिसको संक्रमणबाट निधन भइसकेको छ ।

विश्वमै संयुक्तराज्य अमेरिकापछि कोरोनाभाइरसबाट सर्बाधिक प्रभावित दोस्रो मुलुक ब्राजिल हो । अमेरिकामा कुल संक्रमितको संख्या १७ लाख नाघिसकेको छ ।

कमेन्ट गर्नुहोस्