स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टाइनमा

काठमाडौंः मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १ जना बिरामीलाई भेटेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल ५ दिनदेखि होम क्वारेन्टाइनमा बसिरहेका छन् ।

मन्त्री ढकालले भेटेका ती बिरामीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

भेट्न गएका बिरामीलाई कोरोना संक्रमण भएको पत्ता लगेपछि स्वास्थ्यतथा जनसङ्ख्यामन्त्री ढकाल सतर्कता अपनाउँदै होम क्वारेन्टाइनमा बसेको स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले बताए । तर, मन्त्रालयका उपसचिव लिलाराज पौडेलका अनुसार मन्त्री ढकाल विभिन्न समयमा छलफलमा धेरै मानिससँग भेटघाट हुने भएकाले पनि मन्त्री आफै स्वास्थ्यको ख्याल गर्दै घरमा बसेका हुन् ।

याे पनि पढ्नुस  भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

ट्रान्सप्लान्ट सेन्टरमा बिरामीलाई भेट्दा मन्त्री ढकालले पीपीई लगाएका थिए ।

शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका मन्त्री ढकालको स्वाब मंगलबार बिहान लिइएको छ । जसको रिपोर्ट साँझसम्म आउने छ ।

कमेन्ट गर्नुहोस्