स्वास्थ्यमन्त्री ढकालको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

मन्त्री ढकाललाई कोरोना संक्रमणको आशंकामा मंगलबार बिहान स्वाव परीक्षण गरिएको थियो । पिसिआर विधिबाट गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको हो ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा एकजना कोरोना संक्रमितलाई भेटेपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका थिए ।

याे पनि पढ्नुस  को हुन् आज थपिएका ३३४ कोरोना संक्रमित ? (सूचीसहित)

रिपोर्ट नेगेटिभ आएसँगै मन्त्री ढकाल मन्त्रालयमा नियमित कममा फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्