बच्चालाई मास्क नलगाउन आग्रह, के हुन्छ जोखिम ?

काठमाडौंः दुई बर्ष भन्दा कम उमेरका बच्चाहरूलाई मास्क नलगाउन जापानको पेडियाट्रिक एसोसिएशनले आग्रह गरेको छ ।

दुई बर्ष भन्दा कम उमेरका बच्चाहरूले मास्क लगाउँदा उनीहरूलाई सास फेर्न गाह्रो हुन सक्ने चेतावनी दिएको छ ।

वेबसाइटले आफ्नो सूचनामा यस संस्थाले भनेको छ कि बच्चाहरूको सास फेर्ने ट्युब पातलो हुन्छ, मास्कबाट सास फेर्दा उनीहरूको मुटुले कडा परिश्रम गर्नुपर्छ ।

याे पनि पढ्नुस  काेरियामा काेराेना त्रास: रेड अलर्ट जारि, चर्च रहेकाे क्षेत्रमा बढी संक्रमण (प्रान्तको डाटासहित)

अमेरिकाको रोग नियन्त्रण केन्द्रहरूले पनि दुई बर्ष भन्दा मुनिका बच्चाहरूले आफ्नो मुख ढाक्नु हुँदैन भनेको छ ।

मास्कको सट्टा उनीहरूलाई सुरक्षित राख्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्