सकियो सर्वदलीय बैठक, के भयो छलफल ?

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको सर्वदलीय बैठक सकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार बैठक करिब ३ घण्टा चलेको थियो ।

बैठकम प्रधानमन्त्री ओलीले देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरूसमक्ष आग्रह गरे । प्रधानमन्त्री ओलीले वार्ता र कूटनीति नै यस समस्याको समाधान गर्ने एक मात्र उपाय रहेको समेत बताए ।

याे पनि पढ्नुस  बालुवाटारमा सारंगी साँझ, प्रधानमन्त्री ओलीले बजाए बाँसुरी

संविधान संशोधनका अन्य विषयहरूमा छलफल गर्दै जाने र निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटो निर्णय गर्नुपर्ने आवश्यकताप्रति प्रधानमन्त्री ओलीले सहभागी नेताहरूसँग अनुरोध गरेका थिए ।

कमेन्ट गर्नुहोस्