१०१ थपिँदा १५५ जना निको भए, हालसम्म कुन जिल्लामा कति संक्रमित ? (सूचीसहित)

काठमाडौंः नेपालमा आज थप १०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्म दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत मंगलबार दिउँसो ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।

यो पनि पढ्नुस्ः

को हुन् आज थपिएका ९० जना संक्रमित ? (सूचीसहित)

मंगलबार साँझ सप्तरीमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार नयाँ संक्रमितमा १ जना महिला र बाँकी सबै पुरूष रहेका छन् ।

याे पनि पढ्नुस  यी हुन् कोरोना भाइरसबारे नयाँ र बुझ्नै पर्ने २३ कुरा (सूचीसहित)

संक्रमितहरूमा बोदेबरसाइन नगरपालिकाका ८, बलानबिहुल गाउँपालिकाका २ र सुरुङ्गा नगरपालिकाका १ जना छन् । सप्तरीमा देखिएका कोरोना संक्रमितबारे मन्त्रालयले यो समाचार तयार पार्दासम्म जानकारी दिएको छैन । मन्त्रालयले दैनिक दिउँसो ४ बजे पत्रकार सम्मेलनमार्फत जानकारी दिने गरेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुगेको छ । संक्रमितमध्ये चारजनाको मृत्यु हुँदा १५५ जना निको भएका छन् ।

मंगलबार मात्रै ४३ जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । नारायणी अस्पतालमा उपचाररत ७ देखि ५३ वर्ष उमेरका उनीहरू निको भएर घर फर्किएका हुन् । डिस्चार्ज हुनेमा २ महिला र ४१ पुरूष रहेका छन्।

याे पनि पढ्नुस  १ युवकमा कोरोना संक्रमण पुष्टिपछि मैतीदेवी क्षेत्र सिल

मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरुरू सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन् । मङ्गलवार अपराह्णसम्म देशका विभिन्न स्थानमा ५५,२८२ जना क्वारन्टीनमा भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

याे पनि पढ्नुस  अतितलाई सम्झाउँदै कोरोना भाइरस

यो अहिलेसम्म क्वारन्टीनमा भएका मानिसको सर्वाधिक सङ्ख्या हो ।

तीमध्ये प्रदेश नं ५, प्रदेश नं २, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका क्वारन्टीनमा सर्वा्धिक सङ्ख्यामा मानिसहरू छन् । उनीहरूमध्ये अधिकांश व्यक्ति भारतबाट फर्किएको बताइएको छ ।

नेपालमा अहिलेसम्म ५४,४२४ वटाभन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

अहिले छिमेकी देश भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ ।

भारतबाट बिनपरीक्षण अनियन्त्रित रूपमा नेपालीहरू फर्किँदा रोग फैलिने सम्भावना बढेको विज्ञहरू बताउँछन् ।

कुन जिल्लामा कति ?

कमेन्ट गर्नुहोस्