सर्वदलीय बैठकः कांग्रेसले सरकारलाई के दियो सुझाव ?

काठमाडौंः नेपाली कांग्रेसले भारतसँगको सीमा विवाद कुटनैतिक पहलबाट समाधान गर्नुपर्ने बताएका छ । कांग्रेसले महाकाली नदि पूर्वको भूभाग नेपालको रहेको समेत बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ बालुवाटारमा बोलाएको बैठकमा सहभागि कांग्रेस नेताहरूले सीमा विवाद उच्च स्तरीय कुटनैतिक पहलमार्फत हल गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले यस विषयमा कांग्रेस सरकारको साथमा रहेको दोहोर्याएका छन् ।

बैठकमा नेताहरूले राखेको धारणबारे कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘महाकाली नदि पूर्वको भूभाग नेपालको हो । सुगौली सन्धिमा उल्लेख भएको ऐतिहासिक तथ्य बमोजिम लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग हुन् । ती भूभागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनुपर्दछ, नेपाली कांग्रेसले विगत देखिनै प्रष्ट राख्दै आएको यो धारणा आज हामी पुनः दोहो¥याउन चाहन्छौं ।’

याे पनि पढ्नुस  जनतासँग गरिएका प्रतिबद्धताबाट पछि हट्दिनः उम्मेदवार पौडेल

कांग्रेसले संविधान संशोधनबारे केन्द्रीय समितिबाट निर्णय गर्ने बताएको छ । ‘संविधान संशोधनजस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जाँदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने हाम्रो धारणा छ । नक्साको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं । यसबारेमा पार्टी केन्द्रीय समितिको बैठकबाट नेपाली कांग्रेसको संस्थागत निर्णय गर्नेछौं ।’

याे पनि पढ्नुस  कांग्रेस केन्द्रिय कार्यसमिति बैठकः नेविसंघको महाधिवेशनबारे छलफल हुँदै

भारतले अतिक्रमण गरेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा अध्यावधिक गरेपछि सोहीअनुसार निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा लगेको छ । उक्त विधेयकमाथि सबै दलबीच सहमति कायम गर्नका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।

याे पनि पढ्नुस  काँग्रेसले संसद अवरुद्ध गर्ने, मूल्यवृद्धि फिर्ता लिन माग

सर्वदलीय बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।

सम्बन्धित समाचारः

सकियो सर्वदलीय बैठक, के भयो छलफल ?

कमेन्ट गर्नुहोस्