‘संविधान संशोधन सर्वसम्मतिबाट गर्नुपर्छ, रेशम चौधरी रिहा हुनुपर्छ’

काठमाडौंः पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले संविधान संशोधन सर्वसम्मतिबाट गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ बोलाएको सर्वदलीय बैठकमा भट्टराईले संविधान संशोधन बहुमतबाट नभएर सर्वसम्मतिबाट गर्नुपर्ने र संविधान संशोधनलाई सर्वसम्मतिबाट पारित गर्न सबै इच्छुक र तत्पर बताएका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको वेबसाइटमा कसले अपलोड गर्‍यो ‘पोर्न’ भिडियो?

उनले त्यसका निम्ति संविधान जारी हुने वेलादेखि नै असहमति राख्दै आएका मधेसी, थारू, आदिवासी जनजातीलगायत सबैको विश्वास जित्नुपर्ने र रेशम चौधरीलाई रिहा गरेर विश्वासको वातावरण बनाउनुपर्ने माग गरे ।

उनले सुझाव दिँदै भने, ‘भौगोलिक अखण्डता र सीमारक्षाको विषयमा दलहरू वीच कुनै मतभिन्नता छैन र हुनुहुन्न । भारतसंग वार्ताको नेतृत्व पनि प्रधानमन्त्री ओलीले गर्नुहुन्छ। वार्तामा आफ्नो हातमाथि पार्न वहाँले संविधान संशोधनमा राष्ट्रिय सहमति जुटाउनुपर्छ ।’

याे पनि पढ्नुस  तपाइकै सिफारिसका थप सामग्री उपलब्ध हुँदै छन्, धैर्य गर्नुस्ः प्रधानमन्त्री ओली

भारतले अतिक्रमण गरेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा अध्यावधिक गरेपछि सोहीअनुसार निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा लगेको छ ।

उक्त विधेयकमाथि सबै दलबीच सहमति कायम गर्नका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।

याे पनि पढ्नुस  डा. ज्ञवालीको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने

सम्बन्धित समाचारः

सर्वदलीय बैठकः कांग्रेसले सरकारलाई के दियो सुझाव ?

सकियो सर्वदलीय बैठक, के भयो छलफल ?

कमेन्ट गर्नुहोस्