थप २१ जनाले जिते कोरोना, निको हुनेको संख्या १७६ पुग्यो

वीरगन्जः नारायणी अस्थायी कोभिड अस्पतालबाट २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

उनीहरूलाई मंगलबार राति साढे १० बजे डिस्चार्ज गरिएको छ । डिस्चार्ज हुनेहरू वीरगन्ज महानगरपालिकाका ४ जना महिला र १६ जना पुरुष रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

याे पनि पढ्नुस  नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा काेराेना उपचार काेषमा २ लाख १ हजार जम्मा गर्ने निर्णय

गत वैशाख २७ र ३० गते कोभिड–१९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो ।

नारायणी अस्थायी कोभिड अस्पतालमा अब ९ जना कोरोना संक्रमित मात्र बाँकी छन् । यसअघि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

याे पनि पढ्नुस  थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १७६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्