कालापानीको ३५ किमी भारतलाई र कलकत्ताको फुलबाडी नेपाललाई लिजमा सट्टाभर्ना दिने चर्चा

नयाँ दिल्लीः नेपालको नयाँ नक्सा जारी भएपछि भारतमा यसले ठूलो चर्चा पाएको छ ।

भारतीय मिडिया र साउथ ब्लकले नेपालले चीनको आडमा नक्सा छाप्ने काम गरेको आरोप लगाउँदै आएका छन् ।

नेपालसँग सम्बन्ध बिग्रिनु कुनै पनि कोणबाट राम्रो नभएको भन्ने ठूलो जमात पनि भारतमा छ । नेपालसँग शत्रुतापूर्ण सम्बन्ध हुनु चीनलाई फाइदा पुग्ने भएकोले भारतले जुनसुकै विकल्प अपनाएर पनि तनाव अन्त्य गर्नुपर्ने कतिपय भारतीयले सामाजिक सञ्जालमा लेखेका छन् ।

तर,  यस्ता विकल्प सोच्ने बेला उनीहरुले कालापानी क्षेत्र भने भारतकै भएको दावी गर्न पनि छोडेका छैनन् ।

याे पनि पढ्नुस  कालापानी नजिक सशस्त्र प्रहरीको बीओपी स्थापना

कालापानीको रणनीतिक महत्व रहेको भन्दै त्यसको साटो नेपाललाई अन्य क्षेत्रका भूमि प्रदान गर्नुपर्ने समेत केहीले बताएका छन् ।

भारतका एकजना वरिष्ठ पत्रकार तथा लेखक र हाल भाषा सम्मेलन तथा भारत विदेश नीति परिषदका अध्यक्ष डा. वेदप्रताप वैदिकले एक लेखमार्फत नेपाल र भारतबीचको भातृ सम्बन्ध सुधार्न जोड दिएका छन् ।

भास्कर दैनिकमा प्रकाशित लेखमा डा. वैदिकले नेपाल भारत सम्बन्ध बिग्रिनुमा नेपालको आन्तरिक राजनीति समेत जिम्मेवार रहेको तर्क गरेका छन् । यसका साथै उनले भारतीय सेनाध्यक्षको भनाईको समेत आलोचना गरेका छन् ।

याे पनि पढ्नुस  सकियो मन्त्रिपरिषद् बैठकः लिम्पियाधुरासहितको नेपालको नक्सा पारित

वैदिकले अहिले देखिएको विवादमा कालापानी क्षेत्रमाथिको दावी छोड्नुपर्ने सुझाव भने दिएका छैनन् ।

सुगौली सन्धी अनुसार, नेपालले दावी गरेको भूभाग भारतकै भएको उनको तर्क छ । तर, डा. वैदिकले कालापानी क्षेत्रका ३५ किलोमिटर भूभागको साटो त्यसको दोब्बर क्षेत्रफलको जमिन नेपाललाई भारतले उपहार दिनुपर्ने उनले तर्क दिएका छन् ।

याे पनि पढ्नुस  सार्वजनिक भयो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा

नेपालको समुन्द्रसँग सीमा सम्पर्क नभएका कारण कलत्तामा रहेको भारतको फुलबाडी क्षेत्र भारतले नेपाललाई लिजमा हस्तान्तरण गर्नुपर्ने र कालापानीको क्षेत्र भारतले नेपालबाट लिजमा लिन उनले सुझाव दिएका छन् ।

यसका साथै कुनै अन्य क्षेत्रमा पनि नेपाललाई त्यसको दोब्बर जमिन दिनुपर्ने उनको भनाई छ ।

डा. वैदिकले अहिलेको समस्याको हल कुनै पनि शर्तमा निकाल्नुपर्ने बताएँदै विकल्पमाथि छलफल गर्नुपर्ने र उत्तेजनापूर्ण अभिव्यक्ति कसैले पनि दिन नहुने कुरा समेत बताएका छन् ।

कमेन्ट गर्नुहोस्